Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

भुम्लीचोकमा ‘नवौँ भैरवी कप–२०८३’ फुटबल प्रतियोगिता हुने

भुम्लीचोकमा ‘नवौँ भैरवी कप–२०८३’ फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
भुम्लीचोकमा ‘नवौँ भैरवी कप–२०८३’ फुटबल प्रतियोगिता हुने
images

गोरखा । गण्डकी गाउँपालिका–६, भुम्लीचोकमा ‘नवौँ भैरवी कप–२०८३’ खुला ९ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। भुम्लीचोक युवा क्लब को आयोजनामा हुने प्रतियोगिता विजया दशमीको अवसर पारेर आयोजना गर्न लागिएको हो। प्रतियोगिताका लागि असोज २९ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता असोज ३० गतेदेखि गण्डकी गाउँपालिका–६ स्थित भैरवटार, भुम्लीचोकमा सञ्चालन हुनेछ। टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ।


प्रतियोगिताको विजेताले १ लाख १२ हजार ११२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५५ हजार ६५५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष भरत गुरुङले इच्छाकामना न्यूजलाई बताए । 
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई नगद तथा मायाको चिनोसहित पुरस्कृत गरिनेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत नगद तथा मायाको चिनो प्रदान गरिने छ ।


यसैगरी प्रतियोगितासँगै ‘ग्राउन्ड शो’ खुला नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ। नृत्य प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ नगदसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछन्। नृत्य प्रतियोगिताको दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ।


भुम्लीचोक युवा क्लबले खेलकुदमार्फत युवालाई सिर्जनात्मक गतिविधिमा जोड्दै स्थानीयस्तरमा खेल प्रतिभाको विकास, आपसी भाइचारा र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ।

आयोजक भुम्लीचोक युवा क्लब गण्डकी गाउँपालिका–६, भुम्लीचोक र संरक्षक गण्डकी गाउँपालिका वडा नं ६ को कार्यालय रहेको छ । त्यस्तै  प्रतियोगिताको नारा ‘खेलकुदले जोडौँ, युवा शक्ति, समृद्ध समाज’ रहेको छ।

 

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - २२:१९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology