Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कालिकामा ट्याक्टर र बलेरो ठोक्किँदा एकको मृत्यु, १० घाइते

कालिकामा ट्याक्टर र बलेरो ठोक्किँदा एकको मृत्यु, १० घाइते

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
कालिकामा ट्याक्टर र बलेरो ठोक्किँदा एकको मृत्यु, १० घाइते
images

चितवन। चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आज दिउँसो करिब साढे १ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बलेरोमा सवार ११ जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो २ः३९ बजे मृत्यु भएको हो।

दुर्घटनामा बलेरो चालक कालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठसहित सोही वडाका सावित्री माझी, कविता परियार, मैया कुमारी लोप्चन, जुनी सुनार, उमा वाईवा, पवित्रा वि.क., लाल कुमारी गुम्वा र सितामाया श्रेष्ठ घाइते भएका छन्। यस्तै, कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ पनि घाइते भएकी छन्।

घाइते सबैको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्याक्टर, बलेरो र ट्याक्टर चालक कालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १६:२३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology