Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा

images

एजेन्सी

१५, आश्विन २०८३
बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा
images

पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत पदक पक्का गरेको हो ।

वर्षाले भिजेको मैदानका कारण खेल समयमा सुरु हुन सकेको थिएन । ढिला सुरु भएपछि १३ ओभरको खेल तय भएको थियो ।

बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा पूरा गर्‍यो । अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाज २७ रनमा नटआउट रहे ।

बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो ।

तोहिद रिदोएले सर्वाधिक ४२ रन बनाए । सेफ हसनले १९ तथा मोसदेक हुसेनले ११ रन बनाए ।

पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ ।

बंगलादेशले कांस्य पदकका लागि भारत र श्रीलंकाबीच पराजित हुने टोलीसँग खेल्नेछ ।

images
प्रकाशित मिति :आश्विन १५, २०८३ बिहिवार - १०:२९:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology