धादिङ, २९ असोज
विहिबार धादिङका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न पालिकाहरुका ५४ जना महिला र ७८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये सबैभन्दा धेरै निलकण्ठ नगरपालिकाको ९९ जना छन्। त्यसैगरि गजुरी गाउँपालिकाका ८ जना, बेनिघाट रोराङका ९ जना ज्वालामुखीका ६ जना र रुवीभ्यालीका ३ जना रहेका छन् । यस्तै सिद्धलेकका ३ जना, खनियाबासका १ जना, गंगाजमुनामा १ जना, त्रिपुरासुन्दरीमा १ जना,थाक्रेमा १ जना गरी १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितहरुमा ८ बर्षदेखी ७० बर्ष उमेर समुहका रहेका छन् । यो सँगै धादिङमा कुल संक्रमितको सङ्ख्या ७ सय ८० पुगेको छ ।