Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सुजित नायक बनेपछि चितवन गोल्डकपमा देवदहको फराकिलो जित 

सुजित नायक बनेपछि चितवन गोल्डकपमा देवदहको फराकिलो जित 

इच्छाकामना न्युज

२९, भाद्र २०८३
सुजित नायक बनेपछि चितवन गोल्डकपमा देवदहको फराकिलो जित 
images

चितवन । सुजित बुढाथोकी नायक बनेपछि देवदह ब्वाईज रुपन्देही फराकिलो जित निकाल्दै हानामी तेस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा रेडहर्ष एफसी ईलामलाई हराउँदै देवदह सेमिफाइनलमा पुगेको हो । 

images
images

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको एकतर्फी खेलमा देवदह ६-० ले विजयी भयो । देवदहको जितमा सुजित बुढाथोकी नायक बने । उनले ४ गोल गरे । यस्तै सुरज चौधरी र निरज थापाले एक-एक गोल गरे । ४ गोल गरेका सुजित केल्मी प्लेयर अफ दि म्याच बने । 

देवदहले अब पहिलो सेमिफाइनलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीको सामना गर्नेछ । बिएफसी यसअघि पहिलो खेलमा पाकक्षम फुटबल क्लब भुटानलाई ६-१ ले हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । 

प्रतियोगितामा भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनलमा एपीएफ फुटबल क्लब काठमाडौं र एनपेनाङ मलेसिया भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १९:५८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology