Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वृद्धवृद्धा सहरमा भएपछि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पालिका पनि सहर झर्‍यो

वृद्धवृद्धा सहरमा भएपछि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पालिका पनि सहर झर्‍यो

रासस

२६, भाद्र २०८३
वृद्धवृद्धा सहरमा भएपछि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पालिका पनि सहर झर्‍यो
images

गोरखा । आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् ।पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेको पाइएको छ ।

images
images
सो क्रममा बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ । आ–आफ्ना पालिकामा स्थायी बसोबास रहेको ती नागरिकलाई घरदैलोमै सेवा पु¥याउने हेतुले ती पालिकाले सहरमा शिविर नै राखेर सेवा प्रवाह गर्दै आएका हुन् ।

गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधि उपचारका लागि पोखरा, काठमाडौँ तथा चितवनजस्ता सहरमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको अजिरकोट गाउँपालिका–३ का वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकाले सहरमै पुगेर घुम्ती शिविर सञ्चालन गरेको यो दोस्रो वर्ष हो ।

“गत वर्ष चितवन र काठमाडौँमा शिविर गरेका थियौँ । यो वर्ष पोखरामा पनि शिविर राख्नुपर्ने माग आएपछि त्यहाँ पनि गर्यौं”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “गाउँपालिकाको पञ्जीकरण शाखाका दुई जना कर्मचारी र जनप्रतिनिधिसहितको टोली सहरमा गई शिविर सञ्चालन गर्दै छौँ ।”

पालिकाले भदौ २२ गते पोखरामा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको थियो । “बुधबार र बिहीबार चितवनमा ग¥र्यौं । अब २७ र २८ गते काठमाडौँमा हुन्छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “पोखरामा २३ जना र चितवनमा १६५ जनाले भत्ताको कार्ड नवीकरण गराएका छन् । काठमाडौँमा पनि २०० को हाराहारीमा सेवाग्राही छन् ।” कतिपय वृद्धवृद्धा ह्वीलचियरसहित गाउँमा आउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाले सहरमै पुगेर सेवा दिएको उहाँले जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको साहारा खोज्दै पोखरा, काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधि उपचारका लागि सहरमा बस्दै आएको पाइएको छ । उहाँहरु गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन गएको वडाध्यक्ष अधिकारीको भनाइ छ । केही समयअघि उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाले काठमाडौँ र गोरखाबजारमा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको थियो ।

हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको गाउँपालिकाको भनाइ छ । रासस

images
प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - १२:१५:३५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology