। इच्छाकामना गाउँपालिका ६ थामडाडा निवासी होटल व्यवसायी सन्देश गुरुङले आफ्नो जन्मदिनमा अग्निपिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
केही दिन अघि घरमा बिद्युत् सर्ट भइ आगलागी हुदाँ घर जलेर नष्ट भएका इच्छाकामना गाउँपालिका ६ ढालाका पिडित बिर बहादुर गुरुङको परिवारलाई व्यवसायी गुरुङले आफ्नो जन्मदिनमा आर्थिक सहयोग गरेको हो । व्यवसायी गुरुङले आज परेको आफ्नो जन्मदिनको अवसरमा पिडितलाई नगद ५ हजार ५० रुपैयाँ सहयोग गरेको छ ।
यस्तै व्यवसायी गुरुङकै पहलमा विभिन्न व्यक्तिहरुसँग थप ८ हजार ११ रुपैयाँ रकम सहयोग संकलन गरि पिडितको परिवारलाई प्रदान गरेको उनले बताए ।