काठमाडौं। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।
यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए । भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था आइसीसीले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई वार्षिक रूपमा सम्मान गर्दै आएको छ ।
यसअघि पनि नबिल बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो । सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा बैंकलाई ती अवार्ड प्रदान गरिएको थियो ।
निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिल बैंकले हाल देशभर फैलिएका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।