Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ सम्मानित

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ सम्मानित

इच्छाकामना न्युज

९, श्रावण २०८३
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ सम्मानित

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित हुनुभएको छ।

images

पत्रकार हितानमगरलाई २०८२ सालको तथा पत्रकार गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो।

कार्यक्रममा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। पुरस्कारदाता कर्म गुरुङले यस्ता सम्मानले पत्रकारको मनोबल अभिवृद्धि गर्ने बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष तथा फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले समावेशी पत्रकारितालाई अझ संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो। नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजातिका भाषा, संस्कृति र मुद्दालाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राख्नुभयो।

पुरस्कार छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रुद्रबहादुर हितानमगर नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाका स्रोत रहेको बताउनुभयो। उहाँले पत्रकार इन्दिरा गुरुङ भाषा पत्रकारितामा निरन्तर समर्पित रहेको उल्लेख गर्नुभयो।

सम्मान ग्रहणपछि हितानमगरले पुरस्कारले आफूलाई अझ जिम्मेवार र सक्रिय भएर पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभयो। पत्रकार गुरुङले भाषा पत्रकारिताको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। २०५४ सालदेखि रेडियो नेपालसँग आबद्ध उहाँ आदिवासी जनजातिका भाषा, संस्कृति र समसामयिक विषयमा निरन्तर पत्रकारिता गर्दै आउनुभएको छ।

फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर तथा ११औँ राष्ट्रिय हप्किदो च्याम्पियन मेग्मा गुरुङलाई पनि सम्मान गरिएको थियो। साथै, तमु विद्यार्थी समिति कास्कीले पुरस्कारदाता कर्म गुरुङलाई सम्मान गरेको थियो।

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - १३:२९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology