Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुकुम्बासी लखेट्दै बालेन सरकार, जग्गा धनि पुर्जा बाड्दै इच्छाकामना सरकार

सुकुम्बासी लखेट्दै बालेन सरकार, जग्गा धनि पुर्जा बाड्दै इच्छाकामना सरकार

इच्छाकामना न्युज

९, श्रावण २०८३
सुकुम्बासी लखेट्दै बालेन सरकार, जग्गा धनि पुर्जा बाड्दै इच्छाकामना सरकार
images

चितवन । इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गर्नुभएको हो ।

images
images

सो अवसरमा उहाँले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताउनुभयो । उहाँले ५०० दिनभित्र लालपूर्जा बितरण गरी सक्ने बताउनुभयो । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताउनुभयो । सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रकृया पुगेकालाई तत्काल लालपूर्जा बितरण गरिने र प्रकृया नपुगेकाको प्रकृया पुरा गर्न लाग्ने बताउनुभयो । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उहाँको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनि प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताउनुभयो । सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनि बाहिर भएकाले उनीहरु आएपछि लालपूर्जा बितरण गरिने बताउनुभयो । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - ०९:४७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology