काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो ।
गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।