Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा

विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा

इच्छाकामना न्युज

१६, आषाढ २०८३
विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा
images

चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम ३२ को खेलमा पाराग्वेसँग अतिरिक्त समयसम्म १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै जर्मनीको विश्वकप यात्रा समाप्त भएको हो ।

images
images

रोमाञ्चक पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्स र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोकेका थिए । यद्यपि पाराग्वेले पनि सुरुआती अवसरको फाइदा उठाउन सकेन । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिर गएको थियो भने फाबियान बाल्बुएनाको प्रहार ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले बचाएका थिए ।

सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका रक्षक होसे कानालेले निर्णायक गोल गर्दै टोलीलाई ४-३ को पेनाल्टी जित दिलाए ।

यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - ०६:३८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology