Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूजा पाण्डे स्वर्णबाट वञ्चित भएको आरोप, मुवा थाई च्याम्पियनसिपको निर्णय विवादित

पूजा पाण्डे स्वर्णबाट वञ्चित भएको आरोप, मुवा थाई च्याम्पियनसिपको निर्णय विवादित

इच्छाकामना न्युज

११, आषाढ २०८३
पूजा पाण्डे स्वर्णबाट वञ्चित भएको आरोप, मुवा थाई च्याम्पियनसिपको निर्णय विवादित
images

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो राष्ट्रिय मुवा थाई च्याम्पियनसिपमा गण्डकी प्रदेश तथा चितवनको प्रतिनिधित्व गरेकी राइनो मुवा थाई चितवनकी खेलाडी पूजा पाण्डेलाई स्वर्ण पदकबाट वञ्चित गरिएको आरोप लागेपछि विवाद उत्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी पाण्डेले खेलमा स्पष्ट प्रभुत्व कायम गरेको दाबी गरिए पनि निर्णायक मण्डलको अन्तिम निर्णय उनको पक्षमा नआएपछि सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्। 

images
images

राइनो मुवा थाई चितवनका अध्यक्ष तथा संस्थापक प्रशिक्षक विज्ञान दराईले खेलाडीमाथि अन्याय भएको आरोप लगाउँदै निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी न्यायपूर्ण निर्णय गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सरोकारवालाहरूले खेलकुदको आधारभूत मान्यता निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठेको भन्दै निर्णायक मण्डलको स्वतन्त्र छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन्। साथै, भविष्यमा यस्ता विवाद दोहोरिन नदिन पारदर्शी स्कोरिङ प्रणाली र प्रभावकारी अनुगमन संयन्त्र लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - १४:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology