Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

एजेन्सी

११, आषाढ २०८३
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका
images

भेनेजुएलामा बुधबार राति लगातार दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण राजधानी काराकासका केही भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ ।

images
images

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो । यो काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपे नजिक गएको थियो। त्यसको केही समयपछि युमारे क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

यूएसजीएसले प्रारम्भिक अनुमानमा भूकम्पबाट धेरै मानिस प्रभावित हुन सक्ने र ठूलो भौतिक क्षति भएको हुन सक्ने जनाएको छ ।

भूकम्पपछि डराएका मानिसहरू परिवार र घरपालुवा जनावर लिएर घरबाहिर निस्किएका छन् । धेरै ठाउँमा मानिसहरू सडकमा जम्मा भएका छन् ।

आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोका अनुसार काराकाससहित अन्य राज्यहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । विशेषगरी काराकासको अल्टामिरा क्षेत्रमा घर तथा भवनहरूमा क्षति पुगेको छ र केही मानिस घाइते भएको संकेत मिलेको छ ।

उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेका छन् । क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने बताइएको छ ।

यसअघि पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि जारी गरिएको सुनामी चेतावनी भने पछि रद्द गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - ०७:५१:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology