Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन–मलेखु सडकमा स्थानीयको ध्यानाकर्षण

मुग्लिन–मलेखु सडकमा स्थानीयको ध्यानाकर्षण

images

इच्छाकामना न्युज

७, आषाढ २०८३
मुग्लिन–मलेखु सडकमा स्थानीयको ध्यानाकर्षण
images

इच्छाकामना। निर्माणाधीन मुग्लिन–मलेखु सडक निर्माण आयोजनाको प्याकेज ३ अन्तर्गत भइरहेको सडक, फुटपाथ तथा नाला निर्माण कार्यप्रति स्थानीयवासी तथा व्यवसायीहरूले विभिन्न सुझावसहित ध्यानाकर्षण गराएका छन्।
आइतबार कुरिनटारका स्थानीय तथा सरोकारवालाहरुले आयोजना शर्मा एण्ड कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जियर निर्माण पोखरेललाई सुझावसहित ध्यानकर्षणपत्र  बुझाएका हुन् ।  

आयोजना प्रमुखलाई सम्बोधन गर्दै निर्माण कार्यको स्थलगत अवलोकनका क्रममा देखिएका प्राविधिक तथा व्यवहारिक पक्षहरू सुधार गर्न आग्रह गरेका हुन्। विश्व बैंकको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत हाल भइरहेको निर्माण कार्यले बजार क्षेत्रका सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्ने भएकाले आवश्यक सुधार गर्न माग गरिएको पत्रमा उल्लेख छ।

50c491f1-be72-42ef-8a95-80f3d9c925401782027202.jpg

68472a4b-b592-4a86-b2c9-67d661c9c00e1782027202.jpg

ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा निर्माण भइरहेको फुटपाथको चौडाइ हालको भन्दा बढाई २.५ देखि ३ मिटर कायम गर्न तथा २० सेन्टिमिटर आरसीसी ढलानसहित निर्माण गर्न सुझाव दिइएको छ। यसबाट संरचना दिगो र बलियो बन्नुका साथै पैदलयात्रीको आवतजावत सहज हुने विश्वास व्यक्त गरिएको छ। हाल १ मिटरको फुटपाथ निर्माण भइरहेको छ । 
त्यस्तै, सडकको सोल्जर लेभलबाट नालाको उचाइ करिब १० सेन्टिमिटर मात्र रहेकाले होटल, पसल, ग्यारेज तथा कलकारखानामा सामान ओसारपसार गर्न कठिनाइ हुने उल्लेख गर्दै नालाको भित्री भागबाट १ः३ को स्लोपमा एस्फाल्टिक वा रिजिड संरचना निर्माण गरी ‘क्लाइम्बिङ सपोर्ट’ व्यवस्था गर्न सुझाव दिइएको छ।

ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि प्रत्येक १०० देखि १५० मिटरको दूरीमा स्पिड ब्रेकरको उचित व्यवस्थापन गर्नुपर्ने, बजार क्षेत्रमा बस बे (Bus Bay) राख्नुपर्ने तथा निर्माण कार्यका क्रममा वातावरणीय प्रभावलाई न्यून बनाउन विशेष ध्यान दिनुपर्ने माग पनि गरिएको छ। यस्तै सडकको बीच भागमा हाल राखिएको डिभाइडरले बजार क्षेत्रको सुरक्षा तथा सौन्दर्यमाथि प्रश्न उठाएको उल्लेख गर्दै डिभाइडरलाई सानो तथा मितव्ययी शैलीमा निर्माण गर्नुपर्ने सुझाव दिइएको छ। स्थानीयवासी तथा व्यवसायीहरूको हस्ताक्षरसहित तयार गरिएको उक्त ध्यानाकर्षण पत्र इटिको नेपाल कन्सल्टेन्सी तथा निर्माण कम्पनी÷सम्बन्धित पक्षलाई समेत बोधार्थ पठाइएको छ ।  

images
प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १४:५८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology