Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखा गण्डकी गाउँपालिकाको फिस्लिङबाट भुम्लिचोक हुदै भैरवी पुग्ने सडक कालोपत्रे हुने

गोरखा गण्डकी गाउँपालिकाको फिस्लिङबाट भुम्लिचोक हुदै भैरवी पुग्ने सडक कालोपत्रे हुने

इच्छाकामना न्युज

२, चैत्र २०७७
गोरखा गण्डकी गाउँपालिकाको फिस्लिङबाट भुम्लिचोक हुदै भैरवी पुग्ने सडक कालोपत्रे हुने
images

भुम्लिचोक, २ चैत । गोरखा गण्डकी गाउँपालिकाको फिस्लिङबाट भुम्लिचोक हुदै भैरवीसम्म पुग्ने सडक कालोपत्रे हुने भएको छ। जसका लागि आइतबार संघिय सरकार मातहतको स्थानीय पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश पोखरा र गण्डकी गाउँपालिका बीच सम्झौता भएको हो। 

images
images

करिब ११ किलोमिटर उक्त सडक बनेसँगै पृथ्वीराजमार्गबाट गाउँपालिकाको केन्द्र पक्की सडकले जोडिनेछ । गाउँपालिका अध्यक्ष होमबहादुर राना र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले आइतवार संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा उक्त सडक कालोपत्रे गर्ने सम्झौता गरेका छन् । ‘गाउँपालिकाले १० प्रतिशत, प्रदेशले १० र संघले बाँकी बजेट बिनियोजन गर्नेछ’ प्रमुख प्रशासकीय अधिकृत गुरुङले भने ।

यस्तै गण्डकी गाउँपालिका सहित गोरखाका अन्य ३ स्थानीय तहले पनि सडक कालोपत्रेको लागि सम्झौत गरेका छन्। जस अनुसार शहिदलखन गाउँपालिकाले रामशाहघाट–ढाँडबारी–मनकामना–जुम्लीचैतारा–तिनमाने–घैरुङ–नाम्जुङ सडक कालोपत्रे गर्ने सम्झौता गरेको जनाएको छ । उक्त सडक करिब ३५ किलोमिटर लामो छ । ‘यो सडक बनेपछि शहिदलखन गाउँपालिकाभित्रका वडा नम्बर १ र ४ बाहेक सबै वडा जोडिन्छ’ प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले भने, ‘यो गाउँपालिकाको लाइफलाइन सडक हो ।’ उक्त सडक कालोपत्रे गर्ने सम्झौता पत्रमा आइतवार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर र प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले हस्ताक्षर गरेका छन् ।

चुमनुब्री गाउँपालिकाले जगतदेखि गाउँपालिकाको केन्द्र सिर्दिबासको फिलिमसम्मको सडक कालोपत्रेको सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सडक कालोपत्रे गर्न भने समस्या छ । आरुघाट, धार्चे गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे नभएकाले चमनुब्री गाउँपालिकाको केन्द्र जोड्ने सडक तत्काल कालोपत्रेको सम्भावना छैन । सिर्दिबास जोड्ने सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ ।

यी सडकको किलोमिटर अनुसार स्थानीय तहले १० देखि २० प्रतिशत, गण्डकी प्रदेश सरकारले १० र संघीय सरकारले बाँकी बजेट ब्यवस्थापन गरेर निर्माण गर्ने सम्झौता भएको हो । धार्चे गाउँपालिकाको बिवरण पूरा नपुगेकाले सम्झौता हुन बाँकी रहेको स्थानीय पूर्वाधार बिकास कार्यालयले जनाएको छ । राष्ट्रिय सडक सञ्जाल तथा प्रदेश राजधानीसँग नजोडिएका स्थानीय तहको केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको सम्झौता पत्रमा उल्लेख छ । कहिलेबाट कालोपत्रेको काम सुरु हुन्छ, ठेक्का कहिले खुल्छ, कुन चरणमा आयोजना निर्माणको प्रक्रिया अघि बढ्छ भन्ने यकिन भईसकेको छैन ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - ०८:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology