Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चालु आवभित्रै सकिने भयो इच्छाकामना आधारभूत अस्पताल

चालु आवभित्रै सकिने भयो इच्छाकामना आधारभूत अस्पताल

इच्छाकामना न्युज

३०, जेठ २०८३
चालु आवभित्रै सकिने भयो इच्छाकामना आधारभूत अस्पताल
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा चालु आर्थिक बर्ष भित्र नै पालिका स्तरीय आधारभूत अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी अगाडि बढाइएको छ । १५ शैंयाको अस्पताल भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

images
images

आर्थिक वर्ष २०७९/०८० बाट निर्माण थालिएको अस्पताल भवनको लागत १३ करोड रहेको छ । सुरुमा जग्गा सम्बन्धी विवादका कारणले निर्माणमा ढिलाइ भएको भए पनि पछि विवाद समाधान गरेर कामलाई गति दिइएको पालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

सन्तोषी जेभी नुवाकोटले निर्माण गरेको भवनको लागत अनुमान १९ करोड रहेको थियो । ठेकेदार कम्पनीले हालसम्म साढे १० करोड भुक्तानी लिइसकेको छ । भवनको संरचनासँगै भित्र औजार उपकरणहरु जडान तथा तयारीको काम पनि सुरु गरिएको छ ।

अस्पतालमा ओपीडीसहित, माइनर ओटी, आँखा, दाँत, फिजियोथेरापी, ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा सुविधा उपलब्ध हुने पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । अस्पतालमा एक जना कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्टसहित ४ जना मेडिकल अफिसरसहित करीव ४० जना स्वास्थ्यकर्मी रहने प्रमुख प्रशासकिय बस्नेतले बताए ।

अस्पतालमा चितवन इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि उपचार सेवाबाट लाभान्वित हुने विश्वास पालिकाले लिएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताए । पालिकाले हाल सञ्चालन गरेको नगर अस्पतालमा दैनिक १५० देखि २ सयसम्म बिरामी आउने गरेका छन् । अहिले १० थरी सेवा प्रदान गरेको अस्पतालले नयाँ भवनबाट थप ७ वटा सेवा थप गर्ने योजना बनाएको छ ।

आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यकता रहेको गाउँपालिका अध्यक्ष  गुरुङले बताए ।  पृथ्वी राजमार्गसँग जोडिएको अस्पतालमा राजमार्गमा हुने दुर्घटना सम्बन्धी घाइतेहरुको पनि उपचार गर्न सहज हुने पालिका अध्यक्ष गुरुङले बताए ।

images
प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - १५:००:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology