Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फिफा विश्वकप आजदेखि सुरु: मेक्सिकोलाई जित्नै पर्ने दबाब

फिफा विश्वकप आजदेखि सुरु: मेक्सिकोलाई जित्नै पर्ने दबाब

इच्छाकामना न्युज

२८, जेठ २०८३
फिफा विश्वकप आजदेखि सुरु: मेक्सिकोलाई जित्नै पर्ने दबाब
images

विश्वकप फुटबलको आयोजकमध्ये एक रहेको मेक्सिकोले बिहीबार आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । मेक्सिकोलाई यसपल्ट विजयी सुरुआत लिन दबाब हुनेछ । खेल स्टाडियो एजटेकामा हुनेछ र यहाँ तेस्रोपल्ट विश्वकप फर्कंदै छ । सन् १९७० र १९८६ को विश्वकप पनि यो ऐतिहासिक रंगशालाले आतिथ्यता गरेको थियो । यस खेलका लागि ८० हजार दर्शक अपेक्षा गरिएको छ ।

images
images

सन् २०१० को विश्वकपमा पनि यिनै दुई टिमबीच पहिलो खेल भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यो खेल जोहानसबर्गमा भएको थियो । यसपल्ट भने मेक्सिको नै पहिलो खेलमा जितका लागि बलियो प्रत्याशी रहनेछ । यो समूह ‘ए’ मा दक्षिण कोरिया र चेक गणतन्त्र (चेकिया) पनि छन् । त्यसैले मेक्सिकोका लागि पहिलो ३ अंक सबैभन्दा महत्त्वको हुनेछ । घरेलु मैदानको फाइदा लिने अवसर पनि रहनेछ ।

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - ०८:५९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology