Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पृथ्वीचोकका संरचना भत्काइँदै

पृथ्वीचोकका संरचना भत्काइँदै

इच्छाकामना न्युज

१४, जेठ २०८३
पृथ्वीचोकका संरचना भत्काइँदै
images

गण्डकी, जेठ १४ गते । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनविन्दु पृथ्वीचोकमा बिहीबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ । पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने हङकङ बजारअगाडि विभिन्न सङ्घसंस्थाका भवन भत्काउने काम सुरु गरिएको हो ।

विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट मजदूर सङ्गठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ । सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहु–तले भवनसमेत रहेका थिए ।

images
images

बिहीबार बिहान ११ बजेबाट दुई वटा डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रमा सडक फराकिलो बनाइने बताउनुभयो ।

“त्यहाँ बाटोमै भवन बनाइएको थियो । अब डबल लेनको बाइपास सडक निर्माण हुने छ, जसले नयाँबजारतर्फको आवागमन सहज बनाउने छ,” उहाँले भन्नुभयो ।

मापदण्डविपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठुलो रकम लगानी भएको देखिएको छ । सहारा क्लबले बनाएको शौचालयमा महानगरको १७ लाख रुपियाँ र पोखरा महानगरपालिका–९ को ७० हजार रुपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ ।

ती संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएकोमा सूचनाको म्याद जेठ ९ गते सकिएको थियो । यसैबिच पोखराको फिर्के खोलाकाे खोला घर खाली गर्ने अभियान पाँचौँ दिन पनि जारी छ । करिब आठ किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै १६० भन्दा बढी संरचना रहेको बताइएको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १९:४८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology