Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रन्जित श्रेष्ठको “सम्झना” ले चर्चा बटुल्दै, युट्युबमा एक सातामै १० लाखभन्दा बढी दर्शकको माया

रन्जित श्रेष्ठको “सम्झना” ले चर्चा बटुल्दै, युट्युबमा एक सातामै १० लाखभन्दा बढी दर्शकको माया

इच्छाकामना न्युज

१४, जेठ २०८३
रन्जित श्रेष्ठको “सम्झना” ले चर्चा बटुल्दै, युट्युबमा एक सातामै १० लाखभन्दा बढी दर्शकको माया
images
तनहुँ (आँबुखैरेनी), १४ जेठ — तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ निवासी स्थानीय कलाकार रन्जित श्रेष्ठको आफ्नै शब्द, लय तथा स्वरमा तयार गरिएको “सम्झना” को म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले एक सातामै १० लाखभन्दा बढी दर्शक तथा श्रोताको माया बटुल्न सफल भएको हो।
एकतर्फी मायाको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको उक्त गीतमा गिटारतर्फ शिद्धान्त शेरचन, ड्रममा आशिष श्रेष्ठ, तथा बास गिटारमा सुजित शाही को संगीत सहकार्य रहेको छ। म्युजिक भिडियोमा मिया ची होलब्रुक र रन्जित श्रेष्ठले अभिनय गरेका छन् भने निर्देशन नेक्सल थापाले गरेका हुन्।
स्थानीय कलाकार श्रेष्ठद्वारा सिर्जना गरिएको “सम्झना” गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रियता हासिल गर्दै सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाउन थालेको छ। गीतको सफलतासँगै संगीतप्रेमी, शुभेच्छुक तथा स्थानीयवासीहरूले कलाकार श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १९:०८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology