Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

इच्छाकामनामा पहिलो पटक एसइई पछि के गर्ने ? सम्बन्धी विद्यार्थीलाई काउन्सेलिङ 

इच्छाकामनामा पहिलो पटक एसइई पछि के गर्ने ? सम्बन्धी विद्यार्थीलाई काउन्सेलिङ 

इच्छाकामना न्युज

२८, बैशाख २०८३
इच्छाकामनामा पहिलो पटक एसइई पछि के गर्ने ? सम्बन्धी विद्यार्थीलाई काउन्सेलिङ 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाबाट एसइई परीक्षामा सहभागी विद्यार्थीहरुको लागि पहिलो पटक एसइई पछि के गर्ने ? भन्ने विषयमा काउन्सेलिङ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । युथ अफ इच्छाकामनाको आयोजनामा पहिलो पटक यहि शनिबार कुरिनटार स्थित सर्वशान्ति माध्यामिक विद्यालयको सभाहलमा भव्य रुपमा सम्पन्न गरिएको हो ।

images
images

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका ११ वटा संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट २०८२ को एसइईमा सहभागी विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षकहरु र विभिन्न क्षेत्रका स्थानीय विज्ञहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

7533b591-0160-41d3-8ee7-b11c9105b82d.jpeg

इच्छाकामना गाउँपालिकाका कृषि अधिकृत आशिष त्रिपाठीले संचालन गरेको कार्यक्रममा सुरुवातमा सहभागीहरुलाई मोही प्रदान गरेर सुरुवात गरिएको थियो भने सर्वशान्ति माविका प्रअ केशव दाहालले स्वागत मन्तव्य मार्फत स्वागत गरिएको थियो ।

कार्यक्रमको प्रारम्भिक चरणमा सहभागी विद्यार्थीहरूको रुचि तथा क्षमता पहिचान गर्न aptitude assessment questionnaire पनि सञ्चालन गरिएको थियो भने मुख्य सत्रमा करियर मार्गदर्शनको उद्देश्य तथा महत्वबारे आकाश शेरचनले प्रस्तुति दिएका थिए । साथै सुरज सिलवालले आइसब्रेकिङ सत्र सञ्चालन  गरेको थियो ।

तीन चरणको प्यानल छलफलमार्फत सञ्चालन गरिएको कार्यक्रममा पहिलो सत्र पर्यटन, आतिथ्य तथा सामाजिक क्षेत्रमा केन्द्रित रहेको थियो । जसमा होटल व्यवसायतर्फ पुजन भण्डारी, उद्योगतर्फ चिरञ्जीवी कुमार शर्मा, कानुनतर्फ आकृति त्रिपाठी र होमस्टेतर्फ टिलु चेपाङले आफ्ना अनुभव साझा गरेका थिए भने उक्त सत्रको सञ्चालन सुरज सिलवालले गरेको थियो ।

50ced48f-d917-46ab-a397-54e5c3b6d2d0.jpeg

यस्तै दोस्रो सत्र विज्ञान, व्यवस्थापन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित छलफल गरिएको थियो । जसमा स्वास्थ्यतर्फ शिलता पौडेल र नवराज अधिकारी, इन्जिनियरिङतर्फ धनराज गुरुङ, कृषि पशुविज्ञानतर्फ रेशम चेपाङ र वातावरणतर्फ सुलोचना लामा छलफलमा सहभागी थिए भने यो सत्रको सञ्चालन आकास शेरचनले गरेको थियो । 

b6d29b1c-0b9d-46c7-a1e3-3cee4c820067.jpeg

कार्यक्रमको अन्तिम सत्र कला, सिर्जनशीलता तथा खेलकुद क्षेत्रसँग सम्बन्धित रहेको थियो । जसमा तेक्वान्दो प्रशिक्षक मेलिना गुरुङ, एक्वारिष्ट सफल गुरुङ, स्काउट शिक्षक सीता शर्मा ढकाल, संगीतकार राकेश थापा र ब्युटिसियन बनु गुरुङ सहभागी रहेको थियो । यो सत्र रञ्जिता सिलवालले सञ्चालन गरेका थिए । 

0a8134d4-0d89-436c-81dc-a541922719b4.jpeg

कार्यक्रमको अन्त्यमा प्रकृति सिलवालद्वारा मनोपरामर्श सत्र सञ्चालन गरिएको थियो, जसले विद्यार्थीहरूलाई मानसिक तथा भावनात्मक रूपमा मार्गदर्शन प्रदान गरेको थियो।

कार्यक्रम अवधिभर विद्यार्थीहरूको सक्रिय सहभागिता, जिज्ञासा तथा उत्साह देखिएको थियो। 

कार्यक्रममा स्वयंसेवकहरूको सक्रिय योगदान र न्यून स्रोतसाधनमै भव्य रुपमा सम्पन्न गर्न सफल भएको र कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी रहेको आयोजकले जनाएको छ। साथै  यस प्रकारका कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई सही दिशा, जानकारी र आत्मविश्वास प्रदान गर्ने विश्वास लिइएको आयोजकले बताए ।

images
प्रकाशित मिति :बैशाख २८, २०८३ सोमवार - ०८:४६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology