Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

छुट्ला है सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन

छुट्ला है सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन

इच्छाकामना न्युज

८, बैशाख २०८३
छुट्ला है सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन
images

काठमाडौं । सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म आवेदन दिनु पर्ने छ ।

images
images

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

जसमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३४ करोड ७४ लाख ९० हजार रुपैयाँको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८३ मंगलवार - ०८:३९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology