Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेनु अनुसारको खाजा नखुवाए सम्बन्धित विद्यालय विरुद्ध उजुरी

मेनु अनुसारको खाजा नखुवाए सम्बन्धित विद्यालय विरुद्ध उजुरी

पत्रपत्रिका

२८, फाल्गुण २०७७
मेनु अनुसारको खाजा नखुवाए सम्बन्धित विद्यालय  विरुद्ध उजुरी
images

काठमाडौं, २८ फागुन । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनुभएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या छ भन्ने लाग्छ भने विद्यालयमा भएको उजुरी पेटिकामा गुनासो खसाल्न नहिच्किचाउनु होला ।

images
images

आफैँ विद्यालयमा गई गुनासो खसाल्न सक्नुभएन भने त्यसका लागि आफ्ना बालबालिकालाई नै प्रेरित गर्नुहोस् । उजुरी दिँदा सम्बन्धित विद्यार्थी वा अभिभावकलाई नियतवश कारबाही गर्न नपाइने व्यवस्था छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको जानकारी दिँदै भने, “खाजा खान पाएनन् वा खाजामा समस्या देखियो भने त्यस्ता विषयलाई पनि गुनासाका रूपमा पेटिकामा खसाल्न अभिभावकलाई समेत अनुरोध गरिएको छ । विद्यालयमा कुनै पनि समस्या नहोस् भनेर गुनासो खसाल्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको हो ।”

खाजाका बारेमा परेको उजुरीलाई प्रधानाध्यापक एक्लैले चाहेर पनि लुकाउन सक्दैनन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र नै गठन गर्नुपर्ने हुन्छ र त्यसका लागि केन्द्रले गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ । “खाजामा समस्या भयो भनेर परेको उजुरीलाई विद्यालयले सम्बोधन गर्न नसक्ने भएमा व्यवस्थापन समिति वा त्योभन्दा माथिल्लो निकायमा जान सकिने छ” उनले भने ।

यसै महिनादेखि सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म हरेक विद्यार्थीलाई दैनिक निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजाका ६० वटा तालिका (मेनु) केन्द्रले सार्वजनिक गरेको छ । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०८:२५:२० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology