Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नयाँ वर्षमा दश हजार बढी दर्शनार्थीले गरे मनकामना दर्शन, साढे ७ हजारले चढे केबलकार

नयाँ वर्षमा दश हजार बढी दर्शनार्थीले गरे मनकामना दर्शन, साढे ७ हजारले चढे केबलकार

इच्छाकामना न्युज

२, बैशाख २०८३
नयाँ वर्षमा दश हजार बढी दर्शनार्थीले गरे मनकामना दर्शन, साढे ७ हजारले चढे केबलकार
images

मनकामना । मनकामना मन्दिरमा आज नयाँ वर्षको दिनमा दश हजार बढी दर्शनार्थी पुगेका छन् । केबलकार र सडक मार्फत उक्त संख्यामा दर्शनार्थीहरु मनकामना मन्दिर दर्शन गर्न पुगेका हुन् । केवलकारबाट मात्र सात हजार पाँच सय दर्शनार्थी मनकामना मन्दिर पुगेको मनकामना केवलकारका स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो । 

images
images

मनकामना मन्दिरका पुजारी इन्सान थापाका अनुसार सडक बाटो सवारी साधन मार्फत एक हजार पाँच सय भन्दा बढी दर्शनर्थीहरु मनकामना मन्दिर पुगेका थिए । उहाँका अनुसार केही दिनदेखि मनकामना मन्दिरमा आउने दर्शनर्थाीहरु बढीरहेका छन् । हिजो सोमबार पनि  दर्शनार्थीहरुको भीड लागेका थिए । 

केवलकारका स्टशेन म्यानेजर शेरचनले पनि दुई दिन विदा लागु भएसगैँ केबलकार भएर जाने दर्शनार्थीहरु बढेको बताउँनुभयो । शनिबार र सार्वजनिक विदाको दिन मनकामना मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्छन् ।  उहाँका अनुसार हिजो सोमबार पनि पाँच हजार पाँच सय जना केवलकारबाट मनकामना मन्दिर पुगेका थिए ।  

images
प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - ०९:०९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology