Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आँबुखैरेनीमा महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप सार्वजनिक

आँबुखैरेनीमा महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप सार्वजनिक

images

इच्छाकामना न्युज

२५, चैत्र २०८२
आँबुखैरेनीमा महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप सार्वजनिक
images
आँबुखैरेनी । महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटी गाडीहरूको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले तनहुँको आँबुखैरेनीमा नयाँ ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ।
 
पोखरास्थित महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा आज बुधबार आयोजित विशेष समारोहमार्फत उक्त गाडी सार्वजनिक गरिएको हो। तनहुँको आँबुखैरेनी–३ मा सम्पन्न उक्त समारोहमा अग्नि ग्रुपका प्रोभिन्स हेड रनविर कुमार यादव, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनीका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, बि.बि. इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, स्थानीय ग्राहक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
 
कम्पनीका अनुसार २ टन भार क्षमता भएको यो पिक-अप नेपालमै पहिलो र एकमात्र रहेको दाबी गरिएको छ। गाडीलाई क्रमशः देशका प्रमुख व्यापारिक सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको जनाइएको छ।
667624960_2044884023048054_1574410177546117496_n.jpg
 
नयाँ बोलेरो म्याक्स पिक-अपले भार क्षमता, इन्धन दक्षता, सुरक्षा तथा समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ। यसले सब-२ टन कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्व अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
 
यो पिक-अप दुई हेभी ड्युटी भेरियन्ट—HD 1.7 LX र HD 2.0L SXi—मा उपलब्ध छ। HD 1.7 LX को प्रारम्भिक मूल्य रु. २९ लाख ९५ हजार तोकिएको छ भने HD 2.0L SXi को मूल्य रु. ३२ लाख ९५ हजारदेखि सुरु हुने कम्पनीले जनाएको छ।
 
सामान्यदेखि इन्टरसिटी ढुवानीसम्मका लागि उपयुक्त मानिएको यो गाडी नेपालको उबडखाबड तथा पहाडी सडकका लागि विशेष रूपमा डिजाइन गरिएको बताइएको छ। कम्पनीका अनुसार कम सञ्चालन खर्च, उच्च कार्यक्षमता र सुरक्षा विशेषताका कारण यो पिक-अप व्यवसायी तथा चालकहरूका लागि उपयुक्त विकल्प बन्नेछ।
कम्पनीका प्रतिनिधिहरुले बोलेरो म्याक्सलाई भरपर्दो, सुरक्षित, कार्यकुशल तथा बहुउपयोगी पिक-अपका रूपमा व्याख्या गर्दै यसले नेपालको बढ्दो लजिस्टिक्स आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १४:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology