Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इजरायल जाने बाटो खुल्दैः नेपाली कामदार पठाउन छिट्टै आवेदन खुला हुने

इजरायल जाने बाटो खुल्दैः नेपाली कामदार पठाउन छिट्टै आवेदन खुला हुने

पत्रपत्रिका

२८, फाल्गुण २०७७
इजरायल जाने बाटो खुल्दैः नेपाली कामदार पठाउन छिट्टै आवेदन खुला हुने
images

काठमाडौं, २८ फागुन  । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

images
images

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजरायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिए ।

उनले भने, “यो कार्यविधिले विशेषगरी इजरायल पठाउने श्रमिकको योग्यता, क्षमतालगायत छनोट प्रक्रियाका बारेमा स्पष्ट गर्नेछ र यही आधारमा आवेदनको माग गरिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०८:०२:४६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology