Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आज गुरुङ समुदायले ट्होटें पर्व मनाईदै. कास्कीका दुई र स्याङजाको एक पालिकामा बिदा

आज गुरुङ समुदायले ट्होटें पर्व मनाईदै. कास्कीका दुई र स्याङजाको एक पालिकामा बिदा

इच्छाकामना न्युज

२४, चैत्र २०८२
आज गुरुङ समुदायले ट्होटें पर्व मनाईदै. कास्कीका दुई र स्याङजाको एक पालिकामा बिदा
images

लेखनाथ, चैत २४ गते । गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिका र स्याङजाको एक पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका साथै स्याङजाको फेदिखोला गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् ।

images
images

गुरुङ समुदायले साउन र चैत महिनाका अन्तिम मङ्गलबार यो पर्व मनाउने गर्छ । मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार सूचना प्रकाशन गरी गाउँपालिका कार्यालय, मातहतका कार्यालयहरु र शैक्षिक संस्थामा बिदा दिइएको उल्लेख गर्नुभएको छ । उहाँले पालिकाका सिक्लेस जस्ता ऐतिहासिक गाउँहरूमा चैतका मङ्गलबारहरूमा ‘गाउँ वार्ने’ अझै रहेको बताउनुभयो ।

“गाउँ वार्ने दिनमा प्रकृतिलाई असर पुग्ने कुनै पनि कार्य गर्न नहुने विश्वास गरिन्छ । त्यसो गरे प्रकृति रिसाएर विपत्ति आउँछ भन्ने विश्वास गर्ने गरिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो । कास्कीकै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पनि ट्होटें पर्वलाई भव्य रुपमा मनाउन गाउँपालिकाले बिदा दिएको बताउनुभयो ।

गुरुङ जातिको महान पर्व ट्होटेंमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले पनि बिदा दिएको छ । तमु धिं कास्की अध्यक्ष हुमबहादुर गुरुङले सङ्घ सरकारले नै राष्ट्रिय क्यालेन्डरमा समावेश गरी यो पर्वमा बिदा दिनुपर्नेमा जोड दिनुभयो । कास्कीमा शुभकामना र्‍यालीसहित भव्य रुपले पर्व मनाउने तयारी रहेको उहाँको भनाइ छ ।

कास्कीसहित देश, विदेशमा रहेका गुरुङ समुदयाले मङ्गलबार ट्होटें पर्व मनाउँदै छन् । गुरुङ समुदायले ट्हो अर्थात् राज्यको सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउँदै आएको छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती र टेंको अर्थ राज्यबाट शत्रु धपाउनु भन्ने हुन्छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - ०९:१६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology