Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आइपिएलमा बेंगलुरुको दोस्रो जित, चेन्नईको लगातार तेस्रो हार

आइपिएलमा बेंगलुरुको दोस्रो जित, चेन्नईको लगातार तेस्रो हार

एजेन्सी

२३, चैत्र २०८२
आइपिएलमा बेंगलुरुको दोस्रो जित, चेन्नईको लगातार तेस्रो हार
images

रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लेको छ । आइतबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ४३ रनले पराजित गरेको हो ।

images
images

बेंगलुरुले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा अलआउट हुँदै २०७ रन बनायो । चेन्नईको यो लगातार तेस्रो हार हो र अंकविहीन रहेर पुछारमा छ ।

 

चेन्नईको सुरुवात आजपनि राम्रो हुन सकेन । कप्तान रुतुराज गायक्‍वाड ७, सन्जु सामसन ९ अनि आयुष म्हात्रे १ रनमै आउट भएपछि तेस्रो ओभरमा ३०-३ को अवस्थामा पुगेको थियो ।

सरफराज खानले २५ बलमा ८ चौका र २ छक्कासहित ५० रन बनाए । प्रशान्त वीरले ४३ अनि जेमी ओभरटनले ३७ रन बनाए । शिवम दुबे १८ रनमा आउट भए ।

बेंगलुरुका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने क्रुनाल पान्ड्या, अभिनन्दन सिंह र ज्याकब डफीले २-२ विकेट लिँदा सुयाश शर्माले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले देवदत्त पडिक्कलको अर्धशतक तथा टिम डेभिडको आक्रामक फिनिसिङसहितको अर्धशतक मद्दतमा २० ओभरमा ३ विकेट मात्र गुमाएर २५० रन बनाएको थियो ।

डेभिडले २१ बलमा अर्धशतक प्रहार गर्दै २५ बलमा ३ चौका र ८ छक्का मद्दतमा अविजित ७० रन बनाए । पडिक्कलले ५१ तथा कप्तान रजत पाटिदारले अविजित ४८ रन बनाए । ओपनर फिल साल्टले ४६ अनि विराट कोहलीले ३८ रन बनाए ।

टिम डेभिड १८औं ओभरमा २८ रन बनाएर खेलिरहँदा अन्शुल कम्बोजको बलमा बोल्ड भएका थिए । तर कम्बोजको उक्त बल नो बल भएपछि चेन्नईले महँगो मूल्य चुकाउनुपर्‍यो ।

 

चेन्नईका लागि अन्शुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले १-१ विकेट लिए ।

images
प्रकाशित मिति :चैत्र २३, २०८२ सोमवार - ०९:४२:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology