Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहमति पश्चात २७ दिनपछि इनिशा विकको शव बुझ्दै परिवार

सहमति पश्चात २७ दिनपछि इनिशा विकको शव बुझ्दै परिवार

इच्छाकामना न्युज

१९, चैत्र २०८२
सहमति पश्चात २७ दिनपछि इनिशा विकको शव बुझ्दै परिवार
images

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आज परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै परिवारले लामो समय शव नबुझ्दा घटना अझै संवेदनशील बनेको थियो।

images
images

पारिवारिक स्रोतका अनुसार शव बुझिएपछि आजै भेरी नदी किनारमा दाहसंस्कार गरिने तयारी गरिएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै नाबालकलाई जिल्ला अदालत सुर्खेतले पुपर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ।

गुर्भाकोट–६ बडाखोलीकी इनिशा वीरेन्द्रनगर–१ मा परिवारसँग बस्दै आएकी थिइन्। उनी कक्षा ११ मा अध्ययनरत थिइन्। फागुन २३ गते ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा केही घण्टापछि वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्।

images
प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १०:३२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology