Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आइपिएल : लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको पहिलो जित

आइपिएल : लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको पहिलो जित

इच्छाकामना न्युज

१९, चैत्र २०८२
आइपिएल : लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको पहिलो जित
images

 इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा लखनउ सुपर जायन्ट्सलाई हराउँदै दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई दिल्लीले ६ विकेटले पराजित गरेको हो । १४२ रनको लक्ष्य दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

images
images

दिल्लीका लागि समिर रिज्वीले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलको सामना गर्दा ५ चौका र ४ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रिज्वीले ट्रिटन स्टब्ससँग मिलेर ११९ रनको साझेदारी गरे । स्टब्स ३२ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।

दिल्लीको लागि सुरुवात भने राम्रो हुन सकेको थिएन । दिल्लीले २६ रनमा ४ महत्वपुर्ण विकेट गुमाइसकेको थियो । पथुम निशंका १ रनमा आउट हुँदा कप्तान अक्षर पटेल र केएल राहुलले रनको खातासम्म खोल्न सकेनन् ।

लखनउका लागि प्रिन्स यादवले २ तथा मोहम्मद सामी र मोहसिन खानको नाममा समान १ विकेट रह्यो । त्यसअघि दिल्लीले टस जितेर पहिले बलिङ रोजेपछि लखनउले पहिले ब्याटिङ गरेकोमा १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो ।

लखनउका लागि अब्दुल समादले सर्वाधिक ३६ रनको इनिङ खेल्दै आउट भए । मिचेल मार्श २८ बलमा ३५ तथा मुकुल चौधरी १४ रनमा आउट हुँदा शाहबाज अहमद १५ रनमा अविजित रहे ।

दिल्लीका लागि टि नटराजन तथा लुन्गी एन्गेडीले समान ३ तथा कुलदिप यादव २ विकेट लिए । कप्तान अक्षर पटेलले १ विकेट लिए ।

images
प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १०:२८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology