काठमाडौँ । अध्यक्ष पक्राउ परेपछि नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । प्रतिशोधपुर्ण रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको भन्दै सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।
बालेन्द्र सरकारले राजनीतिक प्रतिसोध र पूर्वाग्रहसहित अगाडि बढेको भन्दै एमालले त्यसको विरुद्दमा शसक्त रुपमा प्रतिवाद गर्ने बताए । पार्टीले गर्ने अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको उनको भनाई छ ।
प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज गुण्डुबाट पक्राउ गरेको छ ।