Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

साफ यू- २० च्याम्सिपयनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

साफ यू- २० च्याम्सिपयनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

इच्छाकामना न्युज

११, चैत्र २०८२
साफ यू- २० च्याम्सिपयनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै
images

काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दै छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३: ४५ बजेबाट सुरु हुनेछ ।

images
images

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने श्रीलंकाले माल्दिभ्सलाई ३-२ गोल अन्तरले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

त्यस्तै आजै दोस्रो खेलमा माल्दिभ्स र भुटान भिड्दैछन् । यो खेल राति साढे ८ बजेदेखि शुरु हुने छ ।

साफ यू- २० पुरुष च्याम्सिपयनसिप खेल्ने नेपाली टिममा धर्मेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ। सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन् ।

साफ यू- २० पुरुष च्याम्सिपयनसिपमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । जसमा समूह ए मा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह बी मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ११, २०८२ बुधवार - ०७:३५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology