Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चुम्लिङटारमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा मझिमटारकी अम्बकुमारीको मृत्यु, टपलाल घाईते

चुम्लिङटारमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा मझिमटारकी अम्बकुमारीको मृत्यु, टपलाल घाईते

इच्छाकामना न्युज

९, चैत्र २०८२
चुम्लिङटारमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा मझिमटारकी अम्बकुमारीको मृत्यु, टपलाल घाईते

चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वीराजमार्गमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

images

काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १–०२–००१ क ४५३३ नम्बरको मिक्सर गाडीले ठक्कर दिँदा स्कुटर चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटर चालक उनका श्रीमान ४० वर्षीय टपलाल श्रेष्ठ घाइते भएका छन् ।

उनको खुट्टा र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि कुरिन्टारस्थित स्वास्थ्य चौकी लगिएको थियो भने थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा अम्ब कुमारी श्रेष्ठलाई चिकित्सकले साँझ मृत घोषणा गरेका हुन् ।

images
प्रकाशित मिति :चैत्र ९, २०८२ सोमवार - २२:०६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology