Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

९, चैत्र २०८२
किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
images

चितवन । भरतपुरस्थित किड्स वर्ल्ड मन्टेश्वरीमा कुशल अभिभावकत्व विषयमा एकदिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ।

images
images

काठमाडौंबाट आउनुभएकी प्रसिद्ध प्रशिक्षक सानु अमात्यले प्रशिक्षण दिनुभएको हो। प्रशिक्षक अमात्यका अनुसार “एक कुशल र प्रभावकारी अभिभावकत्वले नै बालबालिकाको उज्ज्वल भविष्य निर्धारण गर्दछ।” उहाँ लेखिका, बाल विकास विशेषज्ञ तथा अनुसन्धानकर्ता हुनुहुन्छ।

बाग्मती श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालले गर्नुभएको थियो। मन्टेश्वरीकी प्रबन्ध निर्देशक निरु सिग्देल खतिवडाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सह–प्राचार्य एलिना थापाले आधुनिक तथा प्रविधिमैत्री युगमा प्रभावकारी अभिभावकत्वसम्बन्धी संस्थागत विचार राख्नुभएको थियो।

कार्यक्रममा करिब ८० जना अभिभावकको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :चैत्र ९, २०८२ सोमवार - ०९:४८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology