Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-'हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ'

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-'हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ'

एजेन्सी

८, चैत्र २०८२
इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-'हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ'
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै विश्वकै प्रमुख तेल पारवहन मार्ग हर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्न चेतावनी दिएका छन्। यदि तोकिएको समयभित्र हर्मुज जलडमरू विनाकुनै अवरोध र धम्की खुला नगरिए इरानका विद्युत् गृहहरूमाथि आक्रमण गरी ध्वस्त पार्ने ट्रम्पको धम्की छ।

images
images

आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्-'यदि इरानले अहिलेको ठ्याक्कै समयदेखि ४८ घण्टाभित्र होर्मुज जलसन्धिलाई विनाकुनै धम्की पूर्ण रूपमा खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न पावर प्लान्टहरूमा प्रहार गरी ती सबैलाई ध्वस्त पार्नेछ! र यसको सुरुवात सबैभन्दा ठुलो पावर प्लान्टबाट हुनेछ।'

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलसन्धिमा इरानले अवरोध सिर्जना गरेको भन्दै ट्रम्प आक्रोशित भएका हुन्। उनले सिधा र स्पष्ट शब्दमा इरानको ऊर्जा पूर्वाधारलाई निशाना बनाउने बताएका छन्।

यसअघि पनि ट्रम्पले इरानको नेतृत्व र सैन्य शक्ति समाप्त भइसकेको दाबी गरेका थिए। 

images
प्रकाशित मिति :चैत्र ८, २०८२ आइतवार - ०८:३८:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology