Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

इच्छाकामना न्युज

२, चैत्र २०८२
संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
images

काठमाडौँ । संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । संखुवासभामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

images
images

यस्तै उदयपुरमा ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यी दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :चैत्र २, २०८२ सोमवार - १२:४४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology