Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वैकल्पिक शक्तिबाट बन्यो रास्वपा मुख्य शक्ति

वैकल्पिक शक्तिबाट बन्यो रास्वपा मुख्य शक्ति

इच्छाकामना न्युज

२५, फाल्गुण २०८२
वैकल्पिक शक्तिबाट बन्यो रास्वपा मुख्य शक्ति
images

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई चुनौती दिँदै मूलधारको राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो।

images
images

२०७९ असार ७ गते गठन भएको पार्टी २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। स्थापना भएको केही महिनामै भएको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दै समानुपातिकसहित २१ सिटका साथ संसद्मा उल्लेखनीय उपस्थिति जनाएको थियो।

चार वर्षको छोटो अवधिमै भने रास्वपाले नेपाली राजनीतिमा असाधारण उछाल मारेको छ। पछिल्लो निर्वाचनमा आइतबार रातिसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १२२ सिट जित्दै पार्टी सबैभन्दा ठुलो दल बनेको छ।

केही क्षेत्रमा अग्रता कायम रहेकाले अन्तिम परिणाम आउँदा संख्या अझ बढ्ने देखिएको छ। समानुपातिक मतमा पनि अग्रता कायम गरेकाले संसद्मा दुईतिहाइ नजिक पुग्ने अनुमान गरिएको छ।

रास्वपाको उभारको केन्द्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको जुगलबन्दी देखिन्छ। पत्रकारिताबाट राजनीतिमा आएका लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य एजेन्डा बनाए। उता, काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह पार्टीमा आएपछि रास्वपाको लोकप्रियता झनै बढ्यो।

निर्वाचन अभियानमा “अबकी बार बालेन सरकार” भन्ने नाराले व्यापक चर्चा पायो। बालेन्द्रले केपी शर्मा ओलीलाई उनकै गृह जिल्लामा ठूलो मतान्तरले हराएपछि पार्टीको प्रभाव झनै बढेको बताइन्छ।

यसपटक रास्वपाले गगन थापा, नारायणकाजी श्रेष्ठ, प्रदीप पौडेल, उपेन्द्र यादव, राजेन्द्र महतो, महेंद्र राय यादव, सिके राउत लगायत स्थापित नेताहरूलाई पराजित गरेको बताइएको छ।

मतगणना अझै जारी छ। हालसम्म प्रत्यक्षतर्फ १५९ क्षेत्रको परिणाम आइसकेको छ। रास्वपाले १२२ सिट जित्दा  नेपाली कांग्रेसले १७, नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ सिट जितेका छन्। अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पनि केही स्थानमा सफलता पाएका छन्।

समानुपातिक मतगणनामा पनि रास्वपा अगाडि छ। त्यसपछि क्रमशः कांग्रेस, एमाले, नेकपा र राप्रपा रहेका छन्। अन्तिम नतिजा आएपछि संसद्मा शक्ति सन्तुलन कस्तो बन्ने भन्ने स्पष्ट हुनेछ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - ११:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology