Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

रास्वपाको आँधीले बढारिए कांग्रेस-एमालेसहित ७ दलका अध्यक्ष र सभापति

रास्वपाको आँधीले बढारिए कांग्रेस-एमालेसहित ७ दलका अध्यक्ष र सभापति

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८२
रास्वपाको आँधीले बढारिए कांग्रेस-एमालेसहित ७ दलका अध्यक्ष र सभापति
images

काठमाडौं । २१ फगुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ । अहिलेसम्म तीन दलका प्रमुख निर्वाचित हुँदा आधा दर्जन पार्टी अध्यक्षको संसद् प्रवेशको बाटो तत्काललाई बन्द भएको छ ।

अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । अन्य एमाले, कांग्रेसहित सात दलका अध्यक्ष तथा सभापति रास्वपाकै उम्मेदवारहरूसँग पराजित भएका हुन् ।

झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले पराजित भएका छन् । उनी रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ४९ हजार ६ सय १४ मतको अन्तरले हारे । ६८ हजार ३ सय ४८ मतसहित बालेन निर्वाचित हुँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै कांग्रेस सभापति गगन थापा सर्लाही–४ मा रास्वपाकै अमरेश सिंहसँग १२ हजार ८ सय ५७ मतले पराजित भए । ३५ हजार ६ सय ८८ मत ल्याएर अमरेश विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके ।

झापा–३ मा रास्वपाकै प्रकाश पाठकसँग २१ हजार ३ सय ८० मतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भए । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएर विजयी हुँदा लिङ्देनले १७ हजार २ सय ९४ मत मात्रै ल्याउन सके ।

त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डेसँग हारे । १८ हजार ७ सय ५७ मत ल्याएर पाण्डे विजयी हुँदा घिसिङले ११ हजार १ सय ७१ मत ल्याए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रास्वपाकै उम्मेदवारसँग पराजित भए ।

सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरेर निर्वाचित हुँदा जसपा अध्यक्ष यादवले जम्मा १५ हजार २ सय ३९ मत पाए ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो सर्लाही–२ मा रास्वपाका रविन महतोसँग पराजित भए । ४२ हजार ५ सय १२ मत ल्याएर रविन निर्वाचित हुँदा राजेन्द्रले जम्मा ५ हजार ९ सय ९२ मत मात्रै पाए ।

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई रास्वपाकै रामजी यादवले हराए । २८ हजार ४ सय ४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - ११:०८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology