Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

राष्ट्रिय दलको मान्यता पाउने बाटोमा लम्किँदै राष्ट्रिय श्रम संस्कृति पार्टी

राष्ट्रिय दलको मान्यता पाउने बाटोमा लम्किँदै राष्ट्रिय श्रम संस्कृति पार्टी

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८२
राष्ट्रिय दलको मान्यता पाउने बाटोमा लम्किँदै राष्ट्रिय श्रम संस्कृति पार्टी
images

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्क साम्पाङले गठन गरेको ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ राष्ट्रिय दलको मान्यता पाउने दिशामा अगाडि बढेको छ । यो पार्टीले निर्वाचन आयोगबाट कात्तिक १६ गतेमात्रै निर्वाचन आयोगबाट मान्यता पाएको थियो  । 

सोही पार्टीले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितिसकेको छ । पार्टी अध्यक्ष साम्पाङले सुनसरी–१ बाट निर्वाचन जितेका छन् भने खोटाङ र भोजपुरमा पनि सो पार्टीका उम्मेदवार निर्वाचित भइसकेका छन् । मतगणना जारी रहेको इलाम–१ मा पनि पार्टी उम्मेदवार प्रतिष्पर्धामा छन् ।

राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ खसेर सदर भएको मतको ३ प्रतिशत ल्याउनै पर्ने व्यवस्था कानुनमा छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितिसकेको छ भने समानुपातिकतर्फ अहिलेसम्म भएको गणनामा २ लाख ८९ हजार ९ सय ६१ मत ल्याइसकेको छ । 

समानुपातिकतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको छ । त्यसका लागि हाराहारी ३ लाख १३ हजार मत पाउनुपर्ने हुन्छ । अहिले ८२ लाख ९९ हजार ६५० मत गन्दा त्यतिमात्रामा मत आएकाले थ्रेसहोल्ड कटाउने सम्भावना देखिन्छ ।  समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ ।
 
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।  समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
 
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १०:४७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology