Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बिहान ९ बजेसम्मको निर्वाचन अपडेटः ३० सिटको परिणाम सार्वजनिक

बिहान ९ बजेसम्मको निर्वाचन अपडेटः ३० सिटको परिणाम सार्वजनिक

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०८२
बिहान ९ बजेसम्मको निर्वाचन अपडेटः ३० सिटको परिणाम सार्वजनिक
images

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा शनिबार बिहान ८ बजेसम्म ३० निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

घोषित परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै २२ सिट जितेको छ। नेपाली कांग्रेसले ५ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ सिट र नेकपा एमालेले १ सिट जितेका छन्।

रास्वपाले चितवन–२ बाट सभापति रवि लामिछाने, काठमाडौंका धेरै क्षेत्र (१,२ ३, ४, ५, ६, ७, ८, ९, १०), बाँके–१ र ३, मोरङ–४ र ६, कास्की–२ र ३, स्याङ्जा–१, रूपन्देही–४, महोत्तरी–१ तथा धनुषा–३,भक्तपुर १ सहित २२ क्षेत्रमा विजय हासिल गरेको छ।

नेपाली कांग्रेसले तेह्रथुम, रसुवा, मनाङ, मुस्ताङ र दैलेख–१ मा जित निकालेको छ।

त्यसैगरी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुमबाट विजयी भएका छन् भने महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी भएका छन्।

यता नेकपा एमाले ले भने बाँके–२ बाट मोहम्मद इस्तियाक राई मार्फत पहिलो जित हासिल गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८२ शनिवार - ०९:१८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology