Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वीरगन्जमा धार्मिक साम्प्रदायिकता भड्काउने षड्यन्त्र विफल, विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

वीरगन्जमा धार्मिक साम्प्रदायिकता भड्काउने षड्यन्त्र विफल, विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

इच्छाकामना न्युज

२०, फाल्गुण २०८२
वीरगन्जमा धार्मिक साम्प्रदायिकता भड्काउने षड्यन्त्र विफल, विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
images

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी वीरगन्जमा धार्मिक हिंसा र आतंक फैलाउने षड्यन्त्रलाई सुरक्षा निकायले विफल पारिदिएको छ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना र प्रहरीको सक्रियताका कारण सम्भावित साम्प्रदायिक दङ्गाको जोखिम टरेको हो ।

images
images

बिहीबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित एउटा मस्जिदमा सुँगुरको टाउको फालेर धार्मिक सद्भाव बिथोल्ने र विस्फोट गराई त्रास फैलाउने योजना बनाइरहेको समूहलाई सुरक्षा फौजले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगन्ज-१६, छप्कैया चोक क्षेत्रमा सूक्ष्म निगरानी बढाएको थियो ।

मध्यरात साढे १२ देखि साढे २ बजेसम्म सञ्चालित ‘अपरेशन’का क्रममा शङ्कास्पद रूपमा हिँडिरहेका तीन युवालाई पिछा गरी नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज-१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन् ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूले मस्जिदमा सुँगुरको टाउको फालेर दुई समुदायबीच मुठभेड गराउने र सोही बहानामा निर्वाचन बिथोल्ने योजना बनाएका थिए । ‘उनीहरूले बजारबाट सुँगुरको टाउको खरिद गरी दुई टुक्रा पारेर मस्जिदमा फाल्ने तयारी गरेका रहेछन्,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘समयमै सूचना प्राप्त भएकाले ठूलो दुर्घटना र धार्मिक दङ्गा हुनबाट जोगिएको छ ।’

पक्राउ परेका युवाहरूको साथबाट प्रहरीले ९ थान सुतली बम (विस्फोटक पदार्थ), मोबाइल फोन, पावर बैंक, चार्जर र सेतो रङको विद्युतीय तार बरामद गरेको छ । साथै, धार्मिक आस्थामा चोट पुर्‍याउन प्रयोग गरिने भनिएको सुँगुरको टाउको समेत उनीहरूको साथबाट फेला परेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८२ बुधवार - १०:१४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology