युभेन्टस, यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । गयराति भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन ।
गयराति अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो । समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो ।
खेलको आधा भन्दा बढी समय १० खेलाडीमा समेटिएको पोर्टोले ऐतिहासिक जित निकाल्न सफल रह्यो ।