वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानसँग जारी द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेन्टकमले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो।
घटनाको प्रकृति तथा ज्यान गुमाएका सैनिकहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। सुरक्षा कारण देखाउँदै थप जानकारी गोप्य राखिएको जनाइएको छ।
यसअघि सेन्टकमले ओमानको खाडी क्षेत्रमा ११ वटा इरानी जहाज डुबाइएको दाबी गरेको थियो। उक्त क्षेत्रमा इरानका कुनै पनि जहाज बाँकी नरहेको अमेरिकी पक्षको भनाइ छ।