Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार

images

एजेन्सी

१९, फाल्गुण २०८२
साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार
images

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्ति जारी गरी आक्रमणबाट हल्का आगलागी भएको र भवनमा सामान्य क्षति पुगेको बताएको छ।

साउदी अरेबियास्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दालाई घरमै सुरक्षित रहन सल्लाह दिएको छ। यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उडिरहेको देखिएको थियो।

यसपछि दूतावासले बासिन्दाहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन सल्लाह दिएको थियो। इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि इरान र इजरायलले एकअर्कामाथि आक्रमण जारी राखेका छन्।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निसाना बनाइरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८२ मंगलवार - ०९:१३:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology