Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपा धनगढी महानगरका संस्थापक सभापति बिष्टले छाडे पार्टी

रास्वपा धनगढी महानगरका संस्थापक सभापति बिष्टले छाडे पार्टी

इच्छाकामना न्युज

९, फाल्गुण २०८२
रास्वपा धनगढी महानगरका संस्थापक सभापति बिष्टले छाडे पार्टी
images

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि पार्टी छाडेका छन् । २०७९ को निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार रहेका बिष्टले साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन् ।

images
images

उक्त निर्वाचनमा उनले सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गरेका थिए ।

पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।

यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

बिष्ट रास्वपाबाट कैलाली–५ मा उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदउनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - ०८:३७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology