Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

एक करोडभन्दा बढीको उखु जल्यो

एक करोडभन्दा बढीको उखु जल्यो

इच्छाकामना न्युज

६, फाल्गुण २०८२
एक करोडभन्दा बढीको उखु जल्यो
images

जीवछ यादव, लहान । लहान नगरपालिका–१३, घलेटोलस्थित खेतबारीमा लगाएको उखुमा आगो लाग्दा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सोमबार १२ बजेतिर सरस्वती र घलेटोल जाने कच्ची बाटोको पश्चिमी उखु खेतमा लागेको आगो नियन्त्रणमा ढिलो भएपछि १५ जना किसानको १५ बिघा खेतको उखु जल्दा एक करोड १६ लाख रुपियाँको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

images
images

लहान नगरपालिकाको कार्यालयबाट २० मिनेटमा वारुणयन्त्र पुग्न सकिने बाटो भए पनि नगरपालिकाको वारुणयन्त्र बिग्रेकाले गोलबजार नगरपालिकाबाट आएको वारुणयन्त्रलाई एक घण्टाभन्दा बढी लागेको थियो । उखु जलेर काम नलाग्ने अवस्थामा रहेकाले उखुमा आगो कसरी लागेको बारेमा स्थानीयले खोजी गरिरहेको कृषक रामलखन मण्डलले पीडा सुनाउँदै भन्नुभयो, “उखु भित्र्याउने बेलामा भएको क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग माग गर्दछौँ ।”

२४ वटा वडा भएको लहान नगरपालिकामा दुई वटा वारुणयन्त्र हुनुपर्नेमा भएको एउटा वारुणयन्त्रको मर्मत नभएकाले आगलागीबाट जोगिन ठुलो समस्या हुँदै आइरहेको स्थानीयले गुनासो गरेका छन् । लहानमा आगलागी हुँदा केही वर्षयता गोलबजार नगरपालिकाको भर पर्नुपर्ने बाध्यताले ठुलो क्षति बेहोर्नु परिरहेको लहान–१३ का स्थानीय सुभकलाल यादवले गुनासो सुनाउनुभयो । 

कृषक महासङ्घका केन्द्रीय सदस्य रामनारायण महतोले सिराहामा रहको हिमाल चिनी मिलसँग समन्वय गरेर स्थलगत अनुगमन गरेर क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । उखु जलेर समस्यामा परेका किसानलाई लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहतको लागि सक्ने सहयोग गर्ने र थप सहयोगका लागि सम्बन्धित निकायमा पहल थाल्ने विश्वास दिलाउनुभयो । किसान रामलखन मण्डल, विसुनदेव यादव, रामदयाल मण्डल, कारी मण्डल, रामबिहारी मण्डललगायत १५ जना किसानका खेतमा लगाएको उखु जलेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - ०८:४६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology