Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

भरतपुर–७ मा मिना खरेलको पक्षमा तात्यो चुनावी माहोल, कांग्रेस कार्यकर्ता उत्साहित

भरतपुर–७ मा मिना खरेलको पक्षमा तात्यो चुनावी माहोल, कांग्रेस कार्यकर्ता उत्साहित

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
भरतपुर–७ मा मिना खरेलको पक्षमा तात्यो चुनावी माहोल, कांग्रेस कार्यकर्ता उत्साहित
images

चितवन - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलको पक्षमा माहोल तातेको छ । आज भरतपुर महानगरपालिका–७ मा भएको घरदैलो अभियानमा मिना खरेलको पक्षमा बढ्दो जनसमर्थन देखिएसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

बीपीको योगदानको स्मरण गर्दै क्यान्सर अस्पतालमा बीपीको सालिकमा माल्यार्पण गर्दै भरतापुर ७ मा भएको घरदैलो अभियानमा मिना खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ।

फागुन २१ को निर्वाचनको लागि निर्धारित औपचारिक प्रचारप्रसारको अवधि हिजो सोमबार बाट शुरु भएको छ । तर, पनि खरेलले आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा जाने क्रम यस अघि पनि भइरहेको थियो । उनले चितवन क्षेत्र नं २ अन्तर्गतका विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।

घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् । स्थानीय बासिन्दाहरूले पनि यसपटक विकासमुखी एजेन्डालाई प्राथमिकता दिने बताएका छन्। “वडाको समग्र विकास र सुशासन हाम्रो मुख्य चाहना हो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।

उम्मेदवार मिना कुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकि हु उनले भनिन्। मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूति समेत गरेकी छु। खरेलले भनिन्।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २३:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology