तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २, प्रतिनिधिसभाका उम्मेदवार केदार सिग्देलले तनहुँको क्षेत्र नं २ मा एमालेले देखिने गरि काम गरेको वताएका छन् । चुनावी अभियानका सन्र्दभमा भीमाद नगरपालिकाको भानुमति लगायतका एरियामा जनतासँगको भेटघाट कार्यक्रममा सिग्देलले सो कुरा वताएका हुन् ।
जरेवर देखि रिट्टाभन्ज्याङ हुदै सिमलभञ्याङ देखि मानपुर जोड्ने उत्तर दक्षिण मार्गको स्तरोन्ती गरि कालोपत्रे गर्ने योजनालाई प्राथमिकतामा राखेका छौ । विगतमा पनि यो मार्गको स्तरोन्नतीका लागी पहल भएको तर हालको जनप्रतिनिधिले त्यसमा तदारुकता नदेखाएकोले अलपत्र परेको वताए । तनहुँ क्षेत्र नं २ को भुगोल समेत ज्ञान नभएका उम्मेदवारहरु मतदाताको माझ आएको हुदाँ भुगोलसँग भिजेको जनप्रतिनिधि चुन्न उनले आग्रह गरे ।
एमालेले जित्दा विकास निर्माणका काम ले गति लिएको थियो । अहिले एमालेले गरेको कामको जस लिने होड चलेको हुदाँ त्यसमा आम जनता चनाखो वन्नुपर्दछ, सिग्देलले भने । चुनावको मुखमा कनिका छरेझै छरेर जनतामा भ्रम पैदा गरेको हुदाँ जनताले त्यस्तो भुगोलसँग साईनो नभएको व्यक्तिको चिप्लो कुरामा फस्न नहुने सिग्देलले वताए । जनता र भुगोल प्रति कुनै साईनो नभएका व्यक्तिहरुले चुनावका मुखमा केही समाग्री दिएर मतदातालाई छल गरको समेत उनले वताए ।
एमालेको विगतमा जनप्रतिनिधिले करोडौको योजना यो क्षेत्रमा विनियोजन गरि काम गरेको थियो । करोडौको पुल वनाएको छ । वाटोघाटो वनाएका छन् तर अहिले आएर भएको कामको जस अहिलेको जनप्रतिनिधि र उम्मेदवारले लिन खोजेको तर नभएका र अधुरा काममा एमालेलाई देखाउने अराजनैतिक काम भएको हुदाँ जनताले त्यसलाई चिर्नुपर्ने वताए ।
दोभानको पुल, क्याक्मीको पुल होस वा वाटो घाटो एमालेको पालामा वनेको हो । यो यथार्थलाई सवैले मनन गरेर पुन एमालेको जनप्रतिनिधिलाई जिताएर वाकी रहेको विकास निर्माणमा सहयोग गर्नुपर्ने सिग्देलले वताए । जनताको सामिप्यतको आधार नै आफनो जितको आधार भएको वताउँदै जनपक्षिय उम्मेदवार चिन्ने समय आएको उनको भनाई रहेको थियो ।