Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दमौलीमा गोविन्द भट्टराईको घरदैलो अभियान तीव्र

दमौलीमा गोविन्द भट्टराईको घरदैलो अभियान तीव्र

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
दमौलीमा गोविन्द भट्टराईको घरदैलो अभियान तीव्र
images
दमौली । नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
 
घरदैलो अभियानमा भट्टराईले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीयका समस्या, सुझाव तथा अपेक्षा सुन्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका छन्।
 
भट्टराईले क्षेत्रको पूर्वाधार विकास, युवा रोजगारी, गुणस्तरीय शिक्षा तथा सुलभ स्वास्थ्य सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको मत र विश्वास जितेर यस क्षेत्रको समग्र विकासमा लाग्नेछु,” उनले घरदैलो कार्यक्रमका क्रममा बताए।
 
अभियानमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताले पनि विकास र सुशासनको अपेक्षा राख्दै उम्मेदवारसँग आफ्ना धारणा राखेका थिए।
 
तनहुँ–१ मा आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - ११:०५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology