Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

देवघाटधाममा हुने शतचण्डी महायज्ञ र माघ–महोत्सवको तयारी पूरा

देवघाटधाममा हुने शतचण्डी महायज्ञ र माघ–महोत्सवको तयारी पूरा

इच्छाकामना न्युज

१७, माघ २०८२
देवघाटधाममा हुने शतचण्डी महायज्ञ र माघ–महोत्सवको तयारी पूरा

अमरराज नहर्की / देवघाट, माघ १७ गते । तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्गमस्थल एवं हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आयोजना हुन लागेको ‘शतचण्डी महायज्ञ एव्म देवघाट माघ–महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित राम राम मन्दिरको आयोजना तथा प्रसिद्ध भागवत वाचक आचार्य शीतल कृष्णको सङ्कल्पमा यही माघ १९ देखि २९ गतेसम्म यो धार्मिक महोत्सव सञ्चालन हुन लागेको हो ।

images

ऋषिमुनिहरूको तपोभूमिका रूपमा परिचित त्रिशूली र कालीगण्डकीको सङ्म (वेणी सङ्गम) मा माघ महिनामा स्नान गर्दा अक्षय पुण्य प्राप्त हुने र मोक्ष मिल्ने परापूर्वकालदेखिको धार्मिक विश्वास छ । देवघाटको यही अलौकिक महिमालाई विश्वभर उजागर गर्न र भक्तजनहरूलाई मकर स्नानका लागि निमन्त्रणा गर्ने उद्देश्यले १० दिने महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञका सङ्ल्पकर्ता आचार्य शीतल कृष्णका अनुसार दुर्गा पञ्चायन मन्दिरको रूपमा समेत चिनिने राम राम मन्दिरमा विगत ४० वर्षदेखि अखण्ड रूपमा बलिरहेको धुनीमा भक्तजनहरूले विशेष पूजाअर्चना गर्न पाउनेछन् । यसपटकको महायज्ञमा भक्तजनले आफ्नै घरबाट लगेको चरु हवन गर्न पाउने विशेष व्यवस्था मिलाइएको छ । महायज्ञका लागि चितवनतर्फ त्रिशूली किनारमा विशाल पाण्डाल निर्माण सम्पन्न भएको छ भने चरु हवन कार्य तनहुँतर्फको राम राम मन्दिर परिसरमा हुने गरी व्यवस्थापन मिलाइएको छ ।

राम मन्दिरको जीर्णोद्धार सहयोगार्थ सञ्चालन हुन लागेको यस महायज्ञमा विश्वविख्यात भागवत कथा वाचिका देवी प्रतिभा र शीतल कृष्ण महाराजले सङ्गीतमय कथा वाचन गर्नुहुनेछ। राष्ट्रको शान्ति, समाजको समृद्धि र मानव कल्याणको सङ्ल्पसहित आयोजना गरिएको यस अनुष्ठानको भौतिक तथा व्यवस्थापकीय तयारीले पूर्णता पाएको छ ।

महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठुलो सङ्ख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन पर्याप्त स्वयंसेवक परिचालन गरिएको र मकर स्नानका लागि आउने भक्तजनको सुविधालाई ध्यानमा राखी सबै प्रबन्ध मिलाइएको भन्दै आयोजकले सम्पूर्ण धर्मानुरागीहरूलाई पुण्य लाभ लिन आह्वान गरेको छ । 

images
प्रकाशित मिति :माघ १७, २०८२ शनिवार - ०९:१८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology